काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ को बिन्दुमा पुगेको छ ।
बुधबार ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता सेयर किनकेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँको कारोबार भएको छ ।
बुधबार ङादी गु्रप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ६४ लाख १७ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ३७.७० रुपैयाँ रहेको छ ।
बुधबार २२३ कम्पनीको सेयर मूलय बढ्दा १८ कम्पनीको सेयर मूलय घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको भने हिमालयन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।
प्रतिक्रिया दिनुहोस्