Shikhar Insurance
National Life

राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्त्वपूर्ण : अध्यक्ष दाहाल

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १४:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्त्वपूर्ण भुमिका हुने बताएका छन् । बुधबार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र सांस्कृतिक क्षेत्रलाई विशेष ध्यान दिइरहेको बताए । उनले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धन हुने जानकारी दिए । खेल क्षेत्र समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्त्वपूर्ण रणनीतिक क्षेत्र भएको उनले उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने बताए । उनले नेपालले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा पनि पदक हासिल गर्न सफल भएको भन्दै यस वर्ष कहिल्यै नर्बिसने वर्ष बन्न गएको बताए । उनले चेस प्रतियोगिता पनि बिस्तारै देशको खेल क्षेत्रमा महत्त्वपूर्ण प्रतियोगिताको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्