Shikhar Insurance
National Life

नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ३० प्रतिशत छुट दिने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूलाई नविकरण बीमा शुल्कमा विशेष छुट दिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै समयमै नविकरण नगरिएका बीमालेखहरूलाई सक्रिय बनाउने उद्देश्यले छुट योजना ल्याएको जानकारी गरेको हो ।

कम्पनीले असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरेमा विलम्ब शुल्कमा छुट दिने जानकारी दिएको छ। उक्त अवधिमा बीमा नविकरण गर्नेहरूले तिर्नुपर्ने विलम्ब शुल्कमा ३० प्रतिशतदेखि २० प्रतिशतसम्मको छुट पाउने छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

३ वर्षसम्म नविकरण नगरेका बीमालेखमा ३० प्रतिशत छुट दिइनेछ भने तीनदेखि पाँच वर्षबीचका बीमालेखहरूमा २५ प्रतिशत छुट पाउनेछन्। पाँच वर्षभन्दा बढी समय नविकरण नगरिएका बीमालेखमा भने २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

साथै, यो योजना अन्तर्गत नविकरण गरिएका बीमालेखहरू एक वर्ष भित्र समर्पण भएमा प्राप्त छुटको रकम पुन: कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ। एक पटक विलम्ब शुल्कमा छुट पाइसकेका बीमितहरूलाई बीमा अवधिभर पुन: छुट दिइने छैन।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्