Shikhar Insurance
National Life

जलवायु परिवर्तनसँग प्रदेश सरकार एक्लै लड्न सक्दैन : मुख्यमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १८:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भुमिका निभाउनुपर्ने बताएका छन् । मंगलबार महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन राष्ट्रिय सम्मेलनमा बोल्दै यनलृ यस्तो बताएका हुन् ।

जलवायु अनुकुलनको क्लाइमेट डेभलपमेण्ट डायलग र प्रकृति रिसोर्स सेन्टरको आयोजनामा भएको कार्यक्रममा उनले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलावयु परिवर्तनबाट नेपाललाई परेका असरहरुको न्युनिकरण गर्न सकिने बताए । उनले संघले प्रदेश र स्थानीय तह र स्थानीय तहले प्रदेश र संघ सरकारलाई गाली गरेर समस्याको समाधान नहुने भन्दै सबै एकजुट भइ समस्याको समाधानका लागि काम गर्नुपर्ने जानकारी दिए ।

उनले प्रदेश र स्थानीय तहलाई बजेट कम दिइएको भन्दै असन्तुष्टि जनाए । उनले काम धेरै गर्नुपर्ने तर बजेट सिमित हुने भएकाले संघ सरकारले बजेटको अनुपात बढाउनुपर्ने बताए । उनले स्थानीय तहले पनि संघ र प्रदेशका सांसदहरुसँग सम्बन्धित क्षेत्रमा योजना बनाउँदा समन्वय गरे जलवायु परिवर्तनको असर कम गर्नेगरी विकास गर्न सकिने बताए ।

समुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले मौसम फेरबदलको कारणले तराईमा वाटर रिचार्जमा समस्या आएको बताए । उनले तराईमा इनार, कल धाराहरुमा पानीहरु सुकेर नआउने गरेको जानकारी दिए । उनले नसुकेका स्थानमा पनि डरलाग्दो रुपमा हराउँदै गएको बताए । उनले मधेस प्रदेशको जनकपुर, वीरगञ्जमा खानेपानीको इनार, कलहरु सुकेर वाटर ट्यांकबाट खानेपानी सप्लाई गर्ने स्थिति आएको बताए ।

उनले तापक्रम वृद्धिका कारणले धेरै विद्यालयहरुमा बालबालिकाहरुले गर्मी सहन नसकेर विद्यालय नै बन्द गर्नुपर्ने स्थिति देखिएको र केही दिन यता पनि तिब्र गतिमा गर्मी बढिरहेको जानकारी दिए । सम्मेलनमा गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकुलन क्रियाकलापहरुको प्रभावकारिता, स्थानीय स्तरमा अनुकुलन क्रियाकलापको लागि जलवायु वित्तको परिचालन, अनुकुलन क्रियाकलापलाई बढावा गर्न नीतिगत वातावरण निर्माण, स्थानीय अनुकुलन क्रियाकलापलाई विश्वव्यापी अनुकुलन लक्ष्यहरुसँग जोड्नुपर्ने लगायत विषयमा १५ जना विज्ञहरुले आफ्नो प्रश्तुती गर्नेछन् ।

दुई दिने राष्ट्रिय सम्मेलनको पहिलो दिन जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा स्थनीय स्तरमा भएका अनुकुलन कार्यक्रमहरुको अवलोनक भ्रमण गरिएको छ । विशेष गरी चुरे वरपर देखिएको पानीको समस्या समाधानका लागि गरिएको अनुकुलताका प्रयासहरुको स्थलगत अध्ययन भ्रमण पनि गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्