Shikhar Insurance
National Life

विपन्न तथा ज्येष्ठ नागरिकलाई कोल्टी अस्पतालमा २० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १४:५९
Hyundai
NCELL
NIMB

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट दिने भएको छ । सोमबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिले आजदेखि लागू हुनेगरी नगरपालिकाभित्रका विपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक, आर्थिक रुपले विपन्न बिरामी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नि:शुल्क सेवाबाहेक अन्य सेवाबाट लिइने शुल्कको २० प्रतिशत छुट दिने निर्णय भएको अस्पतालले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगरपालिकाभित्र रहेको विपन्न र आर्थिक अभावमा रहेका बिरामीलाई उपचारमा सहुलियत हुनेगरी एक्सरे, भिडियो एक्सरे र ल्याब परीक्षणमा २० प्रतिशत छुट गरिएको अस्पतालका सूचना अधिकारी प्रेम नेपालीले जानकारी दिए ।

नगरपालिकाबाहेक सो अस्पतालमा अन्य पालिका र छिमेकी जिल्ला मुगु तथा हुम्लाबाट पनि बिरामी आउने गरेका छन् । उक्त क्षेत्रबाट आधारभूत अस्पताललाई सहयोग नहुने भएकाले नगरका नागरिकका लागि मात्र उक्त सेवामा छुट गरिएको सूचना अधिकारी नेपालीले जानकारी दिए ।

उनले नगर क्षेत्रभित्र रहेका कतिपय नागरिकको उपचार गराउन आउँदा आर्थिक अभाव हुने हुँदा उपचारमा लाग्ने २० प्रतिशत नगरपालिकाले बेहोर्ने गरी छुट गरिएको नगर प्रमुख जनककुमार बोहराले बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्