Shikhar Insurance
National Life

गर्मीका कारण कञ्चनरुप नगरपालिकाकाे विद्यालय बन्द

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १४:५४
Hyundai
NCELL
NIMB

सप्तरी । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ । साथै असोज १० देखि १६ गतेसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन सूचनामा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरप्रमुख ललनप्रसाद गुप्ताले जानकारी दिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्