Shikhar Insurance
National Life

आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १३:२७
Hyundai
NCELL
NIMB

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले ऋषिङ गाउँपालिका–८ पल्ट्याङ्मा प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको छ ।

आयोजना प्रभावितहरुको जीविकोपार्जन पुन:स्थापना तथा आयआर्जन वृद्धिका लागि सञ्चालित तालिममा आयोजनाको डुबान क्षेत्र भिमाद नगरपालिका–५ का १६ जनाको सहभागिता थियो । यही असोज ३ गतेदेखि ऋषिङ गाउँपालिका–८ को वडा कार्यालयमा तीनदिने तालिम सञ्चालन गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ऋषिङ गाउँपालिका–८ का वडाध्यक्ष भरतकुमार श्रेष्ठले आयोजना प्रभावितहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितहरुको आयआर्जन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिमबाट सिकेको सीपलाई व्यावहारिक रुपमा प्रयोग गरी पल्ट्याङलाई मौरीपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न उनले आग्रह गरे ।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले तालिमबाट प्राप्त सीप र ज्ञानलाई कार्यान्वयन गरी उद्यमशीलताको विकास गर्न आग्रह गरे । उनले आयोजना प्रभावितहरुको आयआर्जन वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउन आगामी दिनमा पनि आवश्यकताबमोजिम सीपमूलक तालिम सञ्चालन गरिने बताए । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका विभिन्न योजना कार्यान्वयन भइरहेको उल्लेख गरे ।

तालिममा सहभागी गीता थापाले व्यावसायिक रुपमा मौरीपालन गरिहेका प्रशिक्षकबाट तालिम दिइएकाले व्यावहारिक ज्ञान र सीप हासिल गरेको जानकारी दिए । उनले तालिमपछि व्यावसायिक मौरीपालन गर्न आत्मविश्वास बढेको जानकारी दिए ।

आयोजकले सहभागीहरुलाई मौरीसहितका घार र आवश्यक उपकरणहरु नि:शुल्क रुपमा उपलब्ध गराएको छ । आयोजनाले प्रभावितहरुलाई लक्षित गरी प्लम्बिङ, इलेक्ट्रेसियन, सिलाइबुनाइ, वित्तीय साक्षरता, बाख्रापालन, तरकारी खेतीलगायत १४ वटा तालिम सञ्चालन गरिसकेको छ । उक्त तालिममार्फत १३९ पुरुष र १५५ महिला गरी २९४ जना लाभान्वित भइसकेको आयोजनाले जनाएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्