Shikhar Insurance
National Life

पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १२:३५
Hyundai
NCELL
NIMB

बैतडी । मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गर्दै आएका महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त क्षति भएको हो ।

सोमबार राति ११:२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रारम्भिक अनुसन्धानमा विद्युत् ‘सर्ट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्