Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको करिब २ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९० हजार ६५९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सो विवरण खुलाई बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्