Shikhar Insurance
National Life

रुरु जलविद्युतले सुम्निमा हाइड्रोमा ५१ प्रतिशत लगानी गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले हाइड्रो पावर कम्पनीमा लगानी गर्ने भएकाे छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गतेको बैठक सञ्चालक समितिकाे निर्णय अनुसार सुम्निमा हाइड्रो पावर कम्पनी प्रालिको सेयरमा ५१ प्रतिशत लगानी गर्ने निर्णय गरेको हाे ।

सुम्निमा हाइड्रो पावर कम्पनीले भोजपुरमा प्रर्वद्धन गरिरहेको दुई जलविद्युत आयोजनाहरू – अपर पिखुवा खोला (४.९ मेगावाट) र पिखुवा पशुपति (४.१ मेगावाट) परियोजनामा रुरु जलविद्युत परियोजनाको बहुमत स्वामित्वमा लगानी हुने भएको एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रुरु जलविद्युत परियोजनाले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने नीतिअनुरुप यो कदम चालेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडीएस एण्ड क्लीयरिङ्ग लिमिटेड र विद्युत नियमन आयोगलाई यसबारे जानकारी गराउँदै आवश्यक सहयोगको लागि आग्रह गरेको छ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्