Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो असोज ३० गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार १०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । कम्निस्को असोज ७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असोज ३० गते बुधबार लिसारा रिसेप्शन, भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान साढे १० बजे बस्ने आव्हान गरेको हो ।

सभामा कम्पनीले आव ०८० /०८१ को मुनाफाबाट सेयरधनीहरुलाई विवरण गरेको ७ प्रतिशत र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

सभामा सञ्चालक सर्वसाधारण तर्फ नियुक्ति अनुमोदन गर्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तोकिएको व्यवस्था तथा शर्तहरु सहित १०० का दरले ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, बैंकले साधारण सभा प्रयोजनको लागि असोज १५ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज १४ गतेसम्म  कायम सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्