Shikhar Insurance
National Life

उपाध्यक्ष पाण्डे भन्छन्- ‘आर्थिक स्रोतको बहस गर्न आवश्यक छ’

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १८:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहस नगरेको बताएका छन् ।सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।

उनले मुलुकमा आम्दानीको स्रोत धेरै भएपनि पैसा विना स्रोतलाई क्यासमा बदल्न नसकिने भन्दै प्रदेश चलाउनको लागि प्रदेश सरकारको नेतृत्व गर्नेहरुले आर्थिक स्रोतको बहस गर्नु जरुरी रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले संविधान संशोधन गर्ने बहस चलिरहेको भन्दै आर्थिक स्रोत बाँडफाँडमा भिएटी,आयकर,भन्सार र अन्तशुल्क कर केन्द्र सरकारले लिने व्यवस्थामा विरोध गर्नु आवश्यक नभएको बताए ।

उनले यी चार करहरु केन्द्र सरकारले राख्न जरुरी रहेको र अन्तर्राष्ट्रिय अभ्यास पनि यही रहेको बताउँदै यो करलाई केन्द्र सरकारले विभिन्न माध्यमबाट स्रोत बाँडफाँड गर्ने व्यवस्था ठिक रहेको बताए । उनले चार वटा करको योगदान विगतमा ९० प्रतिशत बढी रहेको भन्दै अहिले पनि ८७ प्रतिशत रहेको बताए ।

उनले प्रदेशमा यो बाहेक अन्य कर उठाउने क्षमता नभएको भन्दै अहिलेकोे समस्या यही भएको बताउँदै नेताहरुले सेन्टीमेन्टमा बहस गरेर स्रोत दियो र स्रोत दिएन केन्द्र सरकारले भनेर बहस गरेर समस्या समाधान नहुने बताए ।

उनले भने, ‘भिएटी,आयकर,भन्सार र अन्तशुल्क कर केन्द्र सरकारले लिने व्यवस्था संविधानले व्यवस्था गरेको छ । संविधान बनाउने समयमा कुन कर संघ कि प्रदेश कहाँ राख्ने भनेर बहस हुँदा मैले चार प्रकारका कर केन्द्रमा राख्नुपर्छ भनेको कुरा लागू भएको छ । देश रि सोर्सले चल्छ भने पनि रिसेर्स परिचालनको लागि पैसा आवश्यक पर्छ । यी चार वटा करको योगदान ९० प्रतिशत बढी छ । अहिले पनि ८७ प्रतिशत छ । अब प्रदेशले कुन पैसा उठाउने हो ।’

उनले संविधान संशोधन गर्ने धेरै मुद्दाहरु रहेको भन्दै संविधान संशोधनको प्रक्रिया र मुद्दामा सबैसँग सहमति गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले प्रदेशमा मन्त्रीको संख्या २० प्रतिशत हुँदा धेरै भएको भन्दै अब १० प्रतिशत मात्रै राख्ने गरी संविधान संशोधन गर्नुपर्ने खाँचो रहेको बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्