Shikhar Insurance
National Life

तीनै तहको सरकारलाई कम खर्चिलो बनाउने गरी संविधान संशोधन गर्नुपर्छ: नेता साउद

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १८:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले तीनै तहको सरकारको खर्च कम हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साउदले देशमा साधारण खर्च असाध्यै बढेको बताएका हुन् ।

उनले राज्यको उत्तरदायित्व बढ्दा त्यसको मार भने जनताले भोग्नु परिरहेको भन्दै संघ, प्रदेश र स्थानीय तीनै तहमा खर्च घटाएर चुस्त बनाउनुपर्ने बताए । उनले त्यसका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने बताउँदै संघमा सरकार परिवर्तन हुनासाथ प्रदेशमा पनि अस्थिरता हुने गरेको भन्दै प्रदेशलाई पनि स्थिर बनाउनुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले प्रदेश सरकारलाई स्थिर बनाउनेगरी संवैधानिक सुधार गर्नुपर्ने बताए । उनले भने,  ‘हाम्रो साधारण खर्च बढेको छ र विकास खर्च न्युन छ । अर्थविद्हरुले स्वीकार गरेको तथ्य हो । हामीकहाँ प्रशासन चलाउनका लागि पनि, राज्य चलाउनका लागि पनि जुन रुपमा हामीले मान्छे भर्ना गरेर या मान्छेको धेरै ठुलो साधारण खर्च विकास गरेर, बढाएर हामीले जसरी उत्तरदायित्वहरु लिइराखेका छौँ ।’

‘प्रदेशहरु यति अस्थिर भएका छन् । स्थानीय तह स्थिर छ । प्रदेशमा केन्द्रको अस्थिरता धेरै चाँडो पुगिराखेको छ, अस्थिरताले प्रदेशहरु हल्लिइराखेका छन् । त्यसकारण प्रदेशलाई पनि स्थिर बनाउने गरेर, कुनै गर्भनरको माध्यमबाट अथवा अन्य निकायको माध्यमबाट हामीले प्रदेश सरकार स्थिर हुने गरेर संवैधानिक सुधार गर्नसक्छौँ । परिमार्जन गर्नसक्छौँ । र प्रदेशको स्थिरतालाई पनि सुनिचित गर्नसक्छौँ । यो पनि छलफलको विषय हुनसक्दछ’ उनले भने ।

उनले समावेशी प्रतिनिधित्वलाई पनि निर्वाचन प्रक्रियाबाटै अनुमोदन गर्ने गरेर अगाडी बढे सक्षम नेतृत्वलाई स्थापित गराउन सकिने उल्लेख गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्