Shikhar Insurance
National Life

लगानीकर्तालाई लाभांश बाड्दै सिटिजन्स बैंक, पछिल्लो १० वर्षमा औषत लाभांस दर १२.१० प्रतिशत कायम

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ६ गते (आज) बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंककले आव २०८०/८१ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी रु. १४ अर्ब २० करोड,९ लाख ७४ हजारको ४ प्रतिशतले हुने रु ५६ करोड ८० लाख ३८ हजार ९ ६० रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंको लाभांस प्रस्ताव राष्ट बैंकमा जानेछ । राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले लाभांस प्राप्त गर्नेछन् । २०६४ साल बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरि विगत १८ वर्ष देखी वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखी नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्