काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ मा पुगेको हो ।
सोमबार ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६ सय ८३ रुपैयाँ कारोबार भएको छ ।
आज ४ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, प्रोग्रेसिभ फाइनान्सको ८.५७ प्रतिशत, रिलायन्स फाइनान्सको ८.४७ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ८.३० प्रतिशत सहित २७० कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्