Shikhar Insurance
National Life

५९.०२ अंकले घट्यो सेयर बजार, ५ अर्ब ६६ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ मा पुगेको हो ।

सोमबार ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४ सय २० रुपैयाँ पुगेको छ ।

सोमबार १४ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज हिमालयन हाइड्रोपावरको सेयर ९.८४ प्रतिशतले बढेको छ । ४ कम्पनीको सेयरमा भने नकरात्मक सर्किट लागेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्