काठमाडौं । समयअगावै उद्घाटन गरिएको मेलम्ची खानेपानी वितरण प्रणााली राजधानीबासीका लागि ‘हात्ती आयो, हात्ती आयो, फुस्सा !’ झैं भएको छ ।
असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएपछि तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । सोहीकारण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले पानी आउने सूचीमा फेरबदल गरिएको हो ।
बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने केयूकेएलले जनाएको छ ।
नयाँ तालिका अनुसार उपत्यकाबासीले १२ दिनमा १ पल्टमात्र पानी पाउँछन् । थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने केयूकेएलले जनाएको छ । केयूकेएलका अनुसार महांकालबाट वितरण हुने पानी ७ दिन बिराएर धारामा आउनेछ ।
यस्तै मिनभवन र अनामनगरबाट वितरण हुने पानि पनि सातामा १ पल्टमात्रै आउनेछ ।
बाँसबारी र पानीपोखरीबाट वितरण हुने पानी ५ दिन विराएर, बालाजुबाट हुने ९ दिन विराए, किर्तिपुरबाट वितरण हुने पानी २ दिन विराएर, सैंबुबाट विरण हुने पानी १२ दिन विराएर, ठीमीबाट ७ दिन विराएर तथा भक्तपुरबाट ४ दिन विराएर पठाइएनेछ ।
प्रतिक्रिया दिनुहोस्