Shikhar Insurance
National Life

श्रीलंकाको राष्ट्रपतिमा कम्युनिस्ट नेता विजयी, पुराना दलको हरिबिजोग

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार २१:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रीलंकामा वामपंथी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति निर्वाचित भएका छन् । संयुक्त कम्युनिस्ट अलायन्स नेशनल पीपुल्स पावर (एनपीपी)का तर्फबाट उम्मेदवार बनेका दिसानायकेले पुराना राजनितिक दलका उम्मेदवारहरु माथी सानदार बिजय हासिल गरेका हुन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१% मत ल्याउन नसकेपछि दोश्रो चरणको मतगणना गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलो चरणमा दिसानायकेले ४२.३१% र सजीथ प्रेमदासाले ३२.७६% मत ल्याएका थिए । श्रीलंकाको इतिहासमा पहिलोपटक दोश्रो चरणको मतगणनाबाट राष्ट्रपति निर्वाचित भएको हो र दिसानायके नवौं राष्ट्रपति बने ।

श्रीलंकामा एक करोड ७० लाख मतदाता छन् र यसपालि ७०% मतदान भएको थियो । श्रीलंकाको इतिहासमा यसपाली सबै भन्दा शान्तिपूर्ण मतदान भएको थियो ।

देशमा सन् २०२२ मा आर्थिक मन्दीले “अरागालय” अर्थात (संघर्ष) विद्रोहलाई जन्म दिएको थियो । जसका कारण जन आन्दोलन भयो र तत्कालीन राष्ट्रपति गाेटाबाय राजपक्षेलाई सत्ता त्यागेर देश छाड्न बाध्य पारेको थियो । सो आन्दोलनको नेतृत्व कर्तामध्येका एक थिए दासनायके ।

भ्रष्टाचार बिरोधी आन्दोलनबाट उदाएको दासनायके सामु बिदेशी ऋणको ब्यवस्थापन र सुशासन प्रवर्द्धन प्रमुख चुनौतीका रुपमा रहने छन् ।

श्रीलंकाका स्थापित दल र नेताहरुलाई किनारा लगाउदै राष्ट्रपति बनेका दासनायकेलाई चीन निकट मानिन्छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्