Shikhar Insurance
National Life

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १७:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । २१ औं संस्करण तथा २०८० को महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान गरिएको छ । अर्याललाई असोज ५ गते सो पुरस्कार प्रदान गरिएको हो ।

तत्कालिन यती फाइनान्स लिमिटेडबाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ विस २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभुमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा यस बैकका बागमती प्रदेश ‘ख’ का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रुपमा प्रदान गरेका हुन् ।

यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्