Shikhar Insurance
National Life

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १७:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

सीइडीबी हाइड्रोपावरको सेयर समायोजन अघिको मूल्य २ हजार ३१ रुपैयाँको आधारमा ११ प्रतिशत मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य १ हजार ८ सय २९ रुपैयाँ ७३ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ओरियन्टल होटलको मूल्य समायोजन अघिको मूल्य १ हजार ३० रुपैयाँको आधारमा ५ प्रतिशत मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य ९ सय ८० रुपैयाँ ९५ पैसा रहेको छ ।

कम्पनीको सेयर दोस्रो बजारमा सोमबार असोज ७ गतेदेखि कारोबारमा आउने छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्