Shikhar Insurance
National Life

मह किसानहरुको समस्या अध्ययन गर्न समिति गठन

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १५:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरुको समस्या अध्ययन गर्न एक समिती गठन गरेका छन् ।

आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरुको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागीता हुने गरि ९ सदस्यीय समिति गठन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समितीलाई १५ दिन भित्र प्रतिबेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुबै पक्षको हित हुने गरि कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरि स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए ।

समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढने मन्त्री अधिकारीले बताए । मह किसानहरुले हाल मौज्दात रहेको २१ सय मेट्रीक टन मह बिक्रीको ब्यवस्था मिलाईदिन सरकार समक्ष माग गरेका छ्न् ।

मह आयत रोके पनि सिरफको रुपमा यस्को आयात भैरहेको भन्दै मह किसानहरुले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखेका छ्न् ।

GBIME

प्रतिक्रिया दिनुहोस्