Shikhar Insurance
National Life

पूर्व रक्षामन्त्री प्रधान भन्छन्- ‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे हो, आचरण पनि खत्तम छ’

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १५:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामिछानेको आचरण पनि खत्तम रहेको टिप्पणी गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही पनि छैन । नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ् भएको भन्दै अब रवि लामिछानेका पक्षधरले वकालत गर्न जरूरी नभएको उनको भनाई छ ।

उनले भने, ‘अहिले बास्तवमा सहकारी ठगी प्रकरणले समग्र मुलुक तातिएको छ । सडक आन्दोलन हुँदै सदनमा पनि कांग्रेसले हिजो माओवादी र एमालेको सरकार हुँदा कुरा उठायो । सहकारी समिति गठन नहुँदै सूर्य थापाले बचाउ गर्नुभयो । त्यतिवेला मलाई रवि लामिछानेको केश फासफुस होला भन्ने लागेको थियो ।’

उनले रवि लामिछाने पक्षधर साथीहरुले अब वकालत गर्न जरुरी नभएको टिप्पणी गरे । रवि लामिछाने दोषी नभएको भए रास्वपाका सांसदहरुले किन बचाउनुपर्यो भनेर कांग्रेस र एमालेका नेताहरुकहाँ गएर गुहार मागेको भन्दै उनले प्रश्न गरे ।

उनले भने,‘रवि लामिछानेलाई जोगाउन र बचाउनको लागि रास्वपाका माननीयहरु हाम्रो र एमालेका नेताहरु घरघरमा दौडिरहेका छन् । बचाउन किन त ? मैले भेटें एउटा माननीय एक नेताको घरमा आएको । सहकारी ठगी प्रकरणमा रवि लामिछाने मुछिएकै हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको स्मरण गराउँदै अब रवि लामिछानेमाथि कारबाहीको प्रक्रिया थाल्नुपर्ने बताए । उनले भने,‘रवि लामिछानेमाथि कारबाहीको प्रोसेस सुरु भैसक्यो । जहासम्म लाग्छ, उसलाई अदालतको कठघरामा उभ्याउनैपर्छ । आफैले क्लिनचिट भन्ने होईन । हाम्रै पार्टीका साथीहरु पनि अदालतकै कारण जेल गएका छन् । अख्तियारको विल हामीले ल्याएका हौं ।’

नेपालमा सबैभन्दा बढि विकास भएको भनेको भ्रष्टाचार भएकोले अब भ्रष्टाचार नियन्त्रणमा कडा हुनुपर्नेमा उनको जोड थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्