Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५८ अंकले घटेर २५८८.३५ बिन्दुमा पुगेर बजर बन्द भएको हो ।

आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ३७१ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९० रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ८० लाख २७ हजार बढी रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य २ हजार ३१ रुपैयाँ पुगेको छ ।

आइतबार १३८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ८.६५ प्रतिशतले घटेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्