Shikhar Insurance
National Life

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १३:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो ।

अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, कलेजले दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा समेत स्वास्थ्यकर्मी माग गरेको छ । कलेजको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ जनशक्ति माग गरिएको हो ।

यसैगरी, लेखा नियन्त्रक, क्लिनिकल फर्मासिष्ट, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्ड अफिसर, इलेक्ट्रिकल अफिसर, डेन्टल सर्जन समेत माग गरेको छ । इच्छुक उम्मेदवारले इमेल मार्फत आफ्नो व्यक्तिगत बायोडाटा पठाएर अन्तरवार्तामा सहभागी हुन पाउने छन् । असोज १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने कलेजले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्