Shikhar Insurance
National Life

नेपालको अर्थतन्त्र सुधार हुँदैछ : आइएमएफ उपनिर्देशक गुप्ता

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार ११:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्त गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताए । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराउनु भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्