Shikhar Insurance
National Life

सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यले नयाँ कीर्तिमान रचेको छ । अघिल्लो दिन(शुक्रबार) १५ सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५७ हजार १ सय रुपैयाँमा किनबेच भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म कै उच्च मूल्य हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्