Shikhar Insurance
National Life

‘इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पेनसीप २०२४’ असोज ११ र १२ गते हुने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ५, शनिबार १४:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन(इयूसेबोन)ले असोज ११ र १२ गते ‘इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पिनसीप २०२४’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘वन ट्रफी, वन मार्केट, वन फेमेली’ नारा रहेको सो प्रतियोगिता धनयन्तरी फुटसल ग्रउण्ड कालोपुलमा हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

९ महिला तथा ३२ पुरूष गरी जम्मा ४१ टिम सहभागी हुने उक्त प्रतियोगिताको लागत भने १५ लाख हुने अनुमान रहेको आयोजकले जनाएको छ । १५ मिनेट प्रति टिम खेलाइने सो प्रतियोगिताको पुरूषतर्फ च्याम्पियनले ट्रफी सहित १ लाख नगद र रनरअफले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ च्याम्पियनलाई ६० हजार रनरअफलाई ४० हजार तथा ट्रफि समेत प्राप्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फाइनान्सीयल सेक्टरमा कामगर्ने कर्मचारीहरूमा भाइचाराको सम्बन्ध विस्तार गर्न यो फुट्सल आयोजना गरिएको इयूसेबोनका अध्यक्ष अजय ढुंगानाले बताए । यो क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा बाहिरी संसार नभएजस्तो आभास हुने हुँदा यो फुट्सल खेलले सबैमा आत्मियता बढ्ने ढुंगानाको भनाइ छ । यो फुटसल प्रतियोगिता प्रत्येक वर्ष यसै तालिका अनु्सार आयोजना हुने अध्यक्ष ढुंगानाले बताए ।

प्रतियोगितामा क्यापिटल मर्चेन्ट बैंकिङ, नेप्से, सीडीएससी र ब्रोकर कम्पनीहरुले सहभागिता जनाउने छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्