Shikhar Insurance
National Life

लुयानले ल्यायो दशैं तिहार धमाका अफर, यस्ता छन् सुविधाहरु

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १८:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित गरी अफरहरु सञ्चालनमा ल्याएको छ । लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च नि:शुल्क गर्ने कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिने छ भने आम्दानीको स्तर हेरेर २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम २ वर्षसम्मको फाइनान्स सुविधा दिन सकिने जानकारी दिएको छ । लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो अफर २०८१, असोज २ गते देखि कार्तिक मसान्तसम्म जारी रहने कम्पनीले जानकारी दिएको छ । कम्पनीले चालु आर्थिक वर्षको कर, हेलमेट र ६ पटकसम्म सर्भिस फ्रिमाको पनि व्यवस्था गरेको छ ।

कम्पनीले एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोल वा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिने जनाएको छ ।

आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकाले लुयानका स्कुटरहरुलाई वर्षायाममा चलाउन कुनै समस्या नपर्ने कम्पनीले जनाएको छ । कम्पनीले काठमाडौं उपत्यका भित्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।

लुयान ब्राण्ड इलेक्ट्रिक स्कुटरको लागि विश्वविख्यात नाम हो । यसको स्थापना करिब २७ वर्ष पहिला चिनमा भएको हो । आजको मितिसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरुमा लुयानका इलेक्ट्रिक स्कुटरहरुको बिक्रि वितरण भइरहेको छ ।

देशको उर्जा देश मै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रि गर्दै आइरहेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्