Skip to content
Shikhar Insurance
National Life

दशैंमा सिजीका सामाग्री खरिद गर्दा सुनको सिक्का जित्ने अवसर

Hyundai
NCELL
NIMB

नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स ९एसडिए० ले ‘दशैंमा १० अफर’ ल्याएको छ । कम्पनीले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै सो अफर ल्याएको हो ।

यस अभियान अन्तर्गत १० भाग्यशाली ग्राहकहरुले १०र१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् । यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण भरि समावेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्