Shikhar Insurance
National Life

बैंक र ऋणीबिच विवाद, एकै महिनामा ५६ वटा मुद्धा दर्ता

सिंहदरबार संवाददाता
२०८१ आश्विन ६, आईतवार ११:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्था र ऋणीबिच विवाद चुलिदै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना(साउन)मा मात्रै ऋण असुली न्यायधिकरणमा ५६ वटा मुद्दा दर्ता भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले विवाद मिलाइदिनु पर्‍याे भन्दै ५६ वटा मुद्दा दर्ता गरेका हुन् ।

न्यायाधिकरणले सार्वजनिक गरेको विवरण अनुसार साउन महिनामा जम्मा २१ मुद्दाहरुको निर्णय टुंगो लागेको छ भने २ को मिलापत्र भएको छ । त्यस्तै, ४ सय ८४ मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको ऋण असुली न्यायाधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, साउन महिनामा लगतकट्टा निर्णय भएको मुद्दाहरु २८ वटा रहेका छन् । २०८१/८२ को साउन महिनाको कुल असुली रकम १५ करोड ५९ लाख ६९ हजार ३०८ रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, गतवर्ष २०८०/०८१ सम्ममा ३५ अर्ब २८ करोड ८४ लाख ८६ हजार १ सय ७५ रुपैयाँ रकम असुली भएको थियो भने हालसम्म कुल ३५ अर्ब ४४ करोड ४४ लाख ५५ हजार ४७४ रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षबाट चालु वर्ष ४५१ वटा मुद्दाको दायित्व सरेर आएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्