Shikhar Insurance
National Life

१५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । ३ दिनदेखि लगातार घटेको सुनको मूल्य आज(शुक्रबार) १ हजार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन सुन १ लाख ५५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोेला ३५ रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्