Shikhar Insurance
National Life

वृज सिमेन्टको व्यापार १ अर्बमा सिमित, गत वर्षभन्दा ४३.९२ प्रतिशतले कम

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार १४:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले सन् २०२४ को ९ महिनामा १ अर्ब रुपैयाँ बढी कारोबार गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले ९ महिनामा १ अर्ब १९ करोड रुपैयाँ व्यापार गरेको हो ।

गत वर्षको तुलनामा कम्पनीको व्यापारमा ९३ करोड २० लाख अर्थात ४३.९२ प्रतिशतले गिरावट आएको हो । कम्पनीले सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियोे भने सन् २०२२ मा २ अर्ब ४९ करोड ९० लाखको व्यापार गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, सन् २०२३ मा कम्पनीको कारोबारमा कमी आइ २ अर्ब १२ करोड २० लाखको व्यापार गरेको थियो । कम्पनीको व्यापार विगत ४ वर्षदेखि निरन्तर ओरालो लागेको तथ्यांकले देखाएको छ । कम्पनीले हाललाई ८९ करोड ५३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ पाएको छ ।

वृज सिमेन्ट इन्डस्ट्रिज प्रालि सन् २००० मा स्थापना भएको थियो । कम्पनीमा केडिया समूहको ५० प्रतिशत स्वामित्व र बाँकी ५० प्रतिशत स्वामित्व भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिसँग रहेको छ ।

ब्रिजले मुख्यत दुई ब्रान्ड नाममा ओपिसि सिमेन्ट, पाँच ब्रान्ड नाममा पिपिसी सिमेन्ट र एक ब्रान्ड नाममा पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । यसको उद्योग रुपन्देही जिल्लाको गोनाहामा रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्