Shikhar Insurance
National Life

संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ : मुख्यमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिने बताएका छन् ।

मधेसको गृहसञ्चार तथा कानून मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटीहरु सच्याउन सकिने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको जानकारी दिए । उनले अहिले संविधानको बिरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए ।

प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए । लोसपाले संविधान दिवसको बिरोधमा आज कालो दिवस मनाइरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्