Shikhar Insurance
National Life

दलबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी छ : मन्त्री आचार्य

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार १२:४३
Hyundai
NCELL
NIMB

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित मूल समारोहमा उनले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ को नारालाई सार्थक बनाउन सबै सरोकार भएका निकायको जिम्मेवारीपूर्ण भूमिका रहने उल्लेख गरे । उनले योजना निर्माण र कार्यान्वयनको तहमा अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले दीर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताए । उनले प्रदेशका साझा अधिकारअन्तर्गतका कतिपय कानुन नबन्दा कार्यसम्पादनमा केही कठिनाइ भइरहेको उल्लेख गरे ।

अत्यावश्यक कानुन सङ्घीय सरकारबाट द्रुतगतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गरिरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । उनले न्यून जनशक्ति, नयाँ स्थानमा प्रदेशको राजधानी व्यवस्थापन, प्रदेशअन्तर्गत गौरवका आयोजनाको सम्पन्नता तथा जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानुन तर्जुमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढिरहेको स्पष्ट पार ।

प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकार कार्यान्वयन गर्न तीन तहका सरकारका बीच आवश्यक समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे । उनले जनमुखी कानुन निर्माण गर्ने र हिजो बनेका कानुनलाई समयसापेक्ष बनाउने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

‘संविधानलाई इमानदारी पूर्वक कार्यान्वयन गर्न सबै जुटौँ’ सभामुख मगरले भने ‘सबै दलबीचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नु आवश्यक छ ।’ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै जनतामा आशा जगाउन सबै एकजुट हुनुको विकल्प नरहेको उनले बताए ।

पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्दै समृद्धि हासिल गर्ने आकाङ्क्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्म सङ्घीयता र एकता भएको बताउँदै प्रदेशलाई बलियो बनाउन संविधानको भरपुर उपभोग गर्नुपर्नेमा जोड दिए ।प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्