Shikhar Insurance
National Life

आन्तरिक रावस्व कार्यालय झापाले २ महिनामा उठायो ५० करोड राजस्व

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार १०:३०
Hyundai
NCELL
NIMB

झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।

अन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७.६१ प्रतिशत राजस्व सङ्कलन भयो । चालु आवको पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन भएन’ उनले भने ।

उक्त कार्यालयले आयकरबाट १५ करोड ७६ लाख १४ हजार, ब्याजबापत दुई करोड ६१ लाख १७ हजार, मूल्य अभिवृद्धि करबापत २० करोड १६ लाख ८७ हजार अन्त:शुल्कबापत १० करोड ७८ लाख आठ हजार सङ्कलन गरेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्