काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित गत आवको मुनाफबाट दुई फण्डले इकाईधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
क्यापिटलको एनएमबि ५० ले कर सहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले कर सहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
साथै, लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डले असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज १० गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित लाभांश पाउँने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्