Shikhar Insurance
National Life

भन्सार विभागले भदौ महिनामा १४ प्रतिशतले बढायो महशुल संकलन, उठ्यो ४० अर्ब बढी राजस्व

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार ०८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागले भदौ महिनामा ४० अर्ब ३ करोड ४५ लाख राजस्व संकलन गरेको छ । विभागले गतवर्ष २०८०/०८१ को भदौ महिनाको तुलनामा १४.१२ प्रतिशतले राजस्व बढाएको हो ।

गतवर्षको भदौमा विभागले ३५ अर्ब ८ करोड ८ करोड राजस्व असुल गरेको थियो । भदौ महिनामा विभागले ५० अर्ब ३७ करोड रुपैयाँ असुल गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा ७९.४७ प्रतिशत प्रगति गरेको हो । चालु वर्षको साउन महिनामा ३४ अर्ब ४२ करोड राजस्व संकलन गरेको थियो । तर लक्ष्य भने ४५ अर्ब ३६ करोड लिएको थियो । साउन महिनामा लक्ष्यको तुलनामा ७६.७६ प्रतिशत प्रगति भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले साउन र भदौ महिनामा ७४ अर्ब ८५ करोड ५८ लाख राजस्व संकलन गरेको छ । यो अवधिमा विभागले ९५ अर्ब ७४ करोड २ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । कुल लक्ष्यको तुलनामा विभागले ७८.१९ प्रतिशत प्रगति गरेको छ ।

यस्तै, गतवर्षको सोहि अवधिमा विभागले ६७ अर्ब ६२ करोड ९१ लाख राजस्व संकलन गरेको थियो । पोहोर २ महिनामा ८९ अर्ब १० करोड १३ लाख राजस्व उठाउन लक्ष्यमा ७५.९० प्रतिशत प्रगति गरेको थियो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार महानिर्देशकको मूल्यांकन नै राजस्व असुलीको आधारमा हुने बताइसकेका छन् । भन्सार विभागमा भदौ २८ र २९ गतेसम्म चलेको गोष्ठीमा मन्त्री पौडेलले राजस्व असुली गर्न कुनैपनि अभ्यास बाँकी नराख्न निर्देशन दिइसकेका छन् । मन्त्री पौडेलले भन्सार तथा आन्तरिक राजस्व विभागमा पुरोनो चेन ब्रेक गर्न भन्सार तथा आन्तरिक राजस्वका क्याडरलाई फरक भुमिका दिएको दाबी गरेका छन् ।

अर्थ मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा खुला सिमानाका कारण हुने चोरी नियन्त्रणका लागि विविध टास्क फोर्स गठन गरेको छ । सो टिमले काम गर्न पनि सुरु गरिसकेको छ ।

भन्सार विभाग महानिर्देशकमा अहिले हरि शरण पुडासैनी रहेका छन् । भदौ २ गते भन्सार विभागको जिम्मेवारी पाएका महानिर्देशक पुडासैनीले कार्यकालको पहिलो महिना सुखद सुरुआत गरेका छन् ।

भन्सार विभागको नेतृत्व सम्हालेपछि पुडासैनीले प्रमुख भन्सार अधिकृतहरुलाई भन्सारको प्रणाली धेरै हदसम्म बिग्रीसकेकोले शुन्यबाट नै सुधार गर्नुपर्ने बताएका छन् । अर्थ प्रशासनमा लामो समय बिताएका पुडासैनीले भन्सार महशुल छलिमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्ने बताइसकेका छन् ।

पुडासैनी विभाग नेतृत्वमा आएपछि १९ जना उपसचिव र ३४ जना भन्सार अधिकृतहरुको सरुवा भैसकेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्