Skip to content
Shikhar Insurance
National Life

नबिल बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा २० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकहरुले र्‍याडिसन होटलमा उपलब्ध सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्‍याडिसन होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।

नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ ।

यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ । र्‍याडिसन होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ ।

ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE