Shikhar Insurance
National Life

राष्ट्र बैंक कर्मचारी संघको अन्तरबैंक फुटसल टुर्नामेन्ट असोज ३ गतेदेखि सुरु

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १८:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले असोज ३ गतेदेखि ५ गतेसम्म दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ । पहिलो संस्करणको उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया पश्चात समितिले दोस्रो संस्करण सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘क’ , ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच हुने उक्त टुर्नामेन्ट हाँडीगाँउस्थित धनयन्तरी स्पोर्टस् हवमा सञ्चालन गर्ने भएको छ । टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहने संघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रभु बैंक मुख्य प्रायोजक रहेको यस टुर्नामेन्टको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनआईशि एसिया बैंक, ग्लोबल आइएमइ बैंक, आइसिएफसी फाइनान्स्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एनएमबि बैंक, साइन रेसुंगा विकास बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेको संघले जानकारी दिएको छ ।

संघका अनुसार उक्त टुर्नामेन्टमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि मेडिकल पार्टनर, वोटलर्स नेपाल लिमिटेड र एसिएन थाइ फुड्स प्रालि विभरेज पार्टनर तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीमा पार्टनरको रुपमा रहनेछन् ।

नेपाल राष्ट्र बैंक सहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवम् आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिने संघले जनाएको छ ।

महिला तथा पुरुष तर्फको विजेता टोलीले १ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संघले जानकारी दिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्