Shikhar Insurance
National Life

मुख्यमन्त्री कार्कीले पाए दोस्रो पटक विश्वासको मत

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १८:१७
Hyundai
NCELL
NIMB

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले ६६ मत सहित विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित थिए भने विपक्षमा १५ मत परेको थियो । विश्वासको मत प्रक्रियामा दुई प्रदेशसभा सदस्य तटस्थ रहेको र बाँकी अनुपस्थित रहेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ ।

कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सदस्य छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्