Shikhar Insurance
National Life

मनमोहन मेमोरियल इन्ष्टिच्युट दोश्रो पटक उत्कृष्ट क्याम्पस घोषित

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १७:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ् हेल्थ साइन्सेज् सोल्टीमोड, काठमाडौंलाई दोश्रो पटक राष्टिय स्तरमा उत्कृष्ट घोषित गरेको छ ।

राष्टिय शिक्षा दिवस २०८१ को अवसरमा मन्त्रालयले निजी लगानीबाट संचालित ७५४ क्याम्पसहरु मध्ये मनमोहन मेमोरियल इन्ष्टिच्युटलाई विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याकनका आधारमा उत्कृष्ट घोषित गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमनत्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराई, मन्त्रालयका सचिव डा दिपक काफले तथा अन्य कर्मचारीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिले संस्थाका अध्यक्ष डा बशिधर मिश्रलाई नगद पुरस्कार सहित उत्कृष्ट क्याम्पस प्रमाण पत्र प्रदान गरे ।

सो अवसरमा क्याम्पसका तर्फवाट उपाध्यक्षहरु सह प्रा जीवन प्रकाश शर्मा, इ गम्भीरलाल श्रेष्ठ, सचिव डा रामकुमार अधिकारी, क्याम्पस प्रमुख डा धर्म प्रसाद खनाल र प्रशासन प्रमुख सचित कुमार कुइकेलको उपस्थिति रहेको थियो ।

बिस २०७५ सालमा पनि निजी लगानीबाट संचालित ७७७ संस्थाहरु क्याम्पसहरु मध्ये त्रिविबाट सम्बन्धन प्राप्त यस क्याम्पस राष्टिय स्तरमा उत्कृष्ट घोषित भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्