Shikhar Insurance
National Life

नेप्से नेतृत्वलाई अर्थमन्त्रीको प्रश्न-बजार किन घट्यो ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १६:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले बजार किन घट्यो भन्ने विषयमा प्रश्न उठाएका छन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा साढे २ बजे छड्के निरीक्षणमा पुगेका अर्थमन्त्री पौडेलले नेप्से नेतृत्व सँग उक्त जवाफ मागेका हुन् ।

उनले बजारमा पछिल्लो समय आइरहेको गिरावटले अर्थमन्त्रालयको ध्यान तानेको हुँदा आफू नेप्सेको कार्यालयमा पुगेको जानकारी दिए । उनले भने, ‘पुँजी बजार कुन ट्रेनमा चलेको छ । अहिले म माथि प्रश्न उठी रहेको छ । राजनीतिको कारण बजार प्रभावित हुन्छ भनिन्छ तर पछिल्लो एक दुई साता बजार ओरालो लागि रहेको छ । राजनीतिमा केहि नहुँदा समेत बजार ओरालो किन लागि रहेको छ । यो प्रश्न सबै नियामकमा उठेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो समय नेप्से परिसूचक र कारोबार खुम्चि रहेको बारे आफूले जवाफ नपाएसम्म नेप्से, सिडिएस धिताेपत्र बोर्डलाई प्रश्न गरी रहने बताए । ‘३० अर्बको कारोबार भइरहेको थियो किन ५ अर्बमा पुग्याे, अहिले हामीले २ महिनामा ७ अर्ब राजस्व संकलन गरेका छौं ।’ पौडेलले भने, ३ हजार पुगेको बजार कसरी टिकेन किन निरन्तर घटी रहेको छ । यो प्रश्नको जवाफ खोज्न आज नेप्सेमा आएको हु । यी प्रश्नको जवाफ म आफैसँग पनि खोज्छु । मेरा सचिवहरुसँग खोज्छु र नेप्सेको व्यवस्थापनसँग समेत खोज्छु ।’

उनले नेप्सेको कारोबार प्रणालीमा विश्वसनियता नभएको भन्दै प्रश्न उठाए । नेप्सेको सिस्टममा आइरहेको खराबीकोबारे समेत पौडेलले जवाफ माग गरेका छन् । उनले भने, ‘कुनै समय १२ बजेसम्म टिएमएस प्रणालीले काम गरेन त्यो किन भयो ? यो समस्या किन आइरहेको छ जवाफ खोज्नु परेको छ ।ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । तर, ब्याजदर घट्दा समेत किन कारोबार रकम बढेको छैन ?’

कसैले अनैतिक तरिकाले कारोबार गरेको थाहा पाए कारबाही गर्ने नियामक सक्रिय हुनुपर्ने पौडेलको भनाइ छ । पुँजी बजारमा राम्रो प्रगति गर्ने सक्ने बताउँदै पौडेलले सुधारका लागि जस्तसुकै कार्य गर्ने समेत सरकार तयार रहेको बताए । सेयर बजारका नियामकले लगानीकर्ताको हितका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समयको गिरावटले अर्थमन्त्रालयको ध्यान गएको उनले बताए । उनले भने, ‘पर्दा बाहिर भइरहेको नराम्रा कार्य पर्दा अघि आउनुपर्छ । कसैको बोलिबाट प्रभावित भएर होइन कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नु होस् । स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने आवश्यक रहेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्