काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दशैँ महोत्सव २०८१’ सुरू गरेको छ । कम्पनीले चालकहरूले दैनिक राइड लिदा अफिसलाई तिर्नु पर्ने कमिसन घट्दै जाने र दैनिक १ प्रतिशतसम्म पुग्ने अफर ल्याएको हो ।
दैनिक १ प्रतिशत कमिसन अफर पनि भएकाले यो महोत्सव चालकहरूका लागि थप कमाई गर्ने राम्रो अवसर भएको हमालको भनाइ छ । धेरै राइड वा डेलिभरी गर्नेमध्येबाट लक्की ड्रबाट ३ जना विजेता छनोट गरिने हमालले बताइन् । विजेताले राम्रो रेन्ज भएको होण्डा साइन १२५ सीसी मोटरसाइकल बम्पर उपहार पाउनेछन् ।
बम्पर उपहारको लक्की ड्रमा पर्नका लागि २१ दिन भित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सिआर (कम्प्लेसन रेट) वा एसआर (सक्सेस रेट) पुरा गर्नुपर्नेछ ।
सो महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । हमालकाअनुसार महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमा ल्याइएको हो । ‘पठाओले राइड सेयरिङ सुविधा अहिले नेपाल भर दिएको भए पनि यो महोत्सव काठमाडौं उपत्यकाका लागि मात्र हो’ उनले भनिन् ।
हालका लागि पठाओ राइडर बन्न इच्छुकहरूका लागि निस्शुल्क दर्ताको व्यवस्था रहेको कम्पनीले जनाएको छ । महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्