Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकले ल्यायो स्मार्ट हब, असोज महिनाभर डिजिटल कारोबार गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्न ‘स्मार्ट हब’ सञ्चालन गरेको छ ।

ग्राहकहरुले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छ भने क्यास डिपोजिट मेसिनबाट (१ हजार र ५ सय) दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधाका साथ बैंकले स्मार्ट हब सञ्चालन गरेको हो ।

बैंकले असोज महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने भएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।

जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई ४ सयसम्म क्यासब्याक प्राप्त हुने, बडा दशैमा बैकको मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिँदा सो कारोबारमा १सयसम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुने, ‘दशैंमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’ मा मोबाइल बैंकिङ मार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुने लगायत अन्य आकर्षक अफरहरु समावेस गरिएको बैंकले जनाएको छ ।

यस्ता डिजिटल प्रोत्साहित कारोबार अभियानबाट समग्र बैंकिङ्ग क्षेत्रमा नै डिजिटल बैंकिङ्गको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका हुन् ।

सीईओ पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिन बाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरु डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङ्गको विकासमा टेवा पुग्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्