काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनसम्म १९ वटा बैंकहरुबाट ७१ अर्ब ६९ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा गएको हो ।
गत आव असार मसान्तसम्म वाणिज्य बैंकहरुले ७० अर्ब ३४ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो । गत आवको तुलनामा साउन महिनासम्म १ अर्ब ३४ करोड ८० लाख रुपैयाँले बढी कर्जा प्रवाह भएको हो ।
साउनसम्म सबैभन्दा बढी सेयर लोन प्रवाह गर्ने पहिलो नम्बरमा नबिल बैंक रहेको छ । नबिलबाट १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ सेयर लोन गएको छ ।
त्यसैगरी, सबैभन्दा धेरै सेयर लोन प्रवाह गर्ने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले साउनसम्म ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा नेपाल बैंक रहेको छ । बैंकले ६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
यसैगरी, साउनसम्म सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख रुपैयाँ, कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ४ अर्ब ८४ करोड ११ लाख रुपैयाँ र प्राइम बैंकबाट ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ सेयर लोन प्रदान गरेका छन्।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकबाट ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ, प्रभु बैंकबाट २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
हिमालयन बैंकबाट १ करोड ९१ लाख ९५ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ५७ करोड १ लाख रुपैयाँ, सानिमा बैंकबाट १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ, एनएमबि बैंकबाट १ अर्ब २२ करोड ९९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट ५१ करोड २४ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४२ करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्