Shikhar Insurance
National Life

सरकार सबै राजनीतिक पार्टीहरुसँग सहकार्य गरेर अघि बढ्न चाहन्छ : मन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १५:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गएका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल पर्वतारोहण संघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताए ।

मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि काँग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरुले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

उनले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताउँदै सबै दलहरुले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको उल्लेख गरे ।

उनले भने, ‘देश बचाएपछि मात्रै हाम्रो राजनीति बच्छ । हाम्रो व्यवसाय बच्छ । व्यवसायिक मैदानमा बल्ल प्रतिस्पर्धा गर्न सक्छौं । काँग्रेस–एमाले मूल प्रतिष्पर्धी एकठाउँमा आउनुको मर्म अब सबै वर्ग, क्षेत्रले बुझेर, त्यो कुरालाई अनुभुति गरेर हामीले एकताको बाटोबाट कम्तिमा २०८४ सम्म नेपाललाई एउटा गति दिने, नेपालले जुन खालको अफ्ठ्यारा र जटिलता व्यहोर्नु परेको छ । त्यसलाई चिरेर अगाडि बढ्ने, नेपाललाई एउटा स्थिर शासन पनि दिने, नेपाललाई एउटा स्थिर अर्थतन्त्र पनि प्रदान गर्ने गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा हामी अगाडि बढ्नेछौं ।’

मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवद्र्धनमा सरकार सदैव प्रतिवद्ध रहेको पनि बताए । त्यस अवसरमा उनले मर्यादामा रहेर काम गर्न पर्यटन व्यवसायीहरुलाई सचेत पनि गराए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्