Shikhar Insurance
National Life

१९ करोड लागतमा बन्यो शीत भण्डार, वार्षिक २ करोड बढी राजस्व सङ्कलन गर्न सकिने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १४:००
Hyundai
NCELL
NIMB

नवलपरासी । जिल्लाको सुनवल नगरपालिका‐२ मा ३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको छ । डेढ बिघा जग्गामा ५ वटा चेम्बर भएको शीतभण्डार १९ करोड ४२ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।

सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् । पाँच वटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुई सय पचास बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार जिल्ला सहकारी सङ्घ लिमिटेडको सहकारी शीतभण्डार मुलुकमै धेरै क्षमताको शीतभण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ ।

शीतभण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक २ करोड ५० लाख राजस्व सङ्कलन गर्न सकिने व्यवस्थापक पटेलले बताए ।पछिल्लो समय जिल्लामा शीतभण्डार नहुुँदा किसानले जिल्ला बाहिरका शीतभण्डारमा कृषि उपज भण्डारणका लागि लानुपर्ने समस्या थियो ।

हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रुपन्देही र कपिलवस्तुुसम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्