काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन नयाँ कीर्तिमान राखेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्