Shikhar Insurance
National Life

राष्ट्रियसभा: प्राकृतिक विपद् पीडितलाई समयमै राहत दिन माग

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १४:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले पीडितले समयमै राहत पाउन नसक्दा जीवन कष्टकर बन्दै गइरहेको उल्लेख गर्दै यथाशीघ्र राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले कैलालीमा बाढीका कारण बासस्थान असुरक्षित बनेको र कृषि क्षेत्रमा असर गरिरहेको बताए । सांसद सोनाम गेल्जेन शेर्पाले हिमपहिरोका पीडितले हालसम्म राहत पाउन नसकेको र बासस्थान सुरक्षित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘हिमपहिरोका पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन्, बासस्थान सुरक्षित छैन, तसर्थ उनीहरुको पुन:स्थापना र पीडित परिवारका लागि सरकारले समयमा नै क्षतिपूर्ति उपलब्ध गराउन सकोस्’ उनले भने ।

सांसद युवराज शर्माले राष्ट्रिय गौरवको आयोजनाको काम तोकिएको समयभन्दा बढी लाग्दा आयोजनाको लागत बढ्ने भन्दै समयमै आयोजना निर्माणको काम सम्पन्न गर्न सुझाव दिए । सांसद राजेन्द्रलक्ष्मी गैरै र सांसद सुरेशकुमार आलेमगरले पनि शून्य समयमा आफ्नो धारणा राखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्