Shikhar Insurance
National Life

नि:शुल्क रक्तसञ्चार कोषमा ५२ लाख सङ्कलन, १ करोड पुर्‍याउने लक्ष्य

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १४:१३
Hyundai
NCELL
NIMB

नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले नि:शुल्क रक्त सेवा सञ्चालनका लागि सुरु गरेको अभियानमा ५२ लाख रुपैयाँ सङ्कलन गरेको छ ।

रेडक्रस जिल्ला शाखाका सभापति हरि श्रेष्ठको अनुसार रक्त सेवाका लागि १ करोड पुर्‍याउने अभियान अन्तर्गत सो रकम संकलन गरेको हो । उनका अनुसार विसं २०८० भदौ १९ गते पश्चात १ वर्षमा ५२ लाख ४७ हजार कोषमा जम्मा भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘नुवाकोट रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको दिगो सञ्चालन र प्रभावकारी व्यवस्थापनसहित नि:शुल्क रगत उपलब्ध गराउन स्थापना गरिएको १ करोडको कोष स्थापनामा दाताबाट सहयोग प्राप्त हुने क्रम जारी छ’ उनले भने ।

सभापति श्रेष्ठले भने, ‘सहयोग उपलब्ध गराउने भनेर प्राप्त प्रतिबद्धता र जारी अभियानका गतिविधिमार्फत कोषको लक्ष्यअनुसार अपुग रकम अबको एक वर्षभित्र पूरा गर्न सक्छौँ भन्ने विश्वास छ ।’ रेडक्रसले सङ्कलन गरेको सहयोग रकममा नुवाकोट र रसुवाको स्थानीयतह र आफ्ना सदस्यहरु मुख्य स्रोतको रुपमा रहेका छन् ।

योसँगै विभिन्न स्थानमा आयोजित रक्तदान, धार्मिक तथा सांस्कृतिक गतिविधि, चाडपर्व, मेला–महोत्सवमा सहयोग जुटाइने गरिएको रेडक्रस कार्यालयका प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

उनका अुनसार दातामार्फत नि:शुल्क सङ्कलन गरिएको रगत नि:शुल्क नै उपलब्ध गराउनुपर्ने भए पनि रगत व्यवस्थापनको लागि आवश्यक सामग्रीको शुल्क समावेश गर्दा प्रतियुनिट न्यूनतम एक हजार हाराहारी पर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्